टप फाइभ : कक्षा ११ को परीक्षामा शिक्षकले नै विद्यार्थीलाई चिट लेखाए, संसदमा सत्तापक्ष र प्रतिपक्षको चर्काचर्की

टप फाइभ : कक्षा ११ को परीक्षामा शिक्षकले नै विद्यार्थीलाई चिट लेखाए, संसदमा सत्तापक्ष र प्रतिपक्षको चर्काचर्की

काठमाडौं : सोमबार प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराए। साथै उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेको विषयमा समेत सदनलाई जवाफ दिए।

तर नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर भने संसदमा चर्काचर्की नै पर्यो। सभामुख देवराज घिमिरेलाई संसद बैठक सञ्चालनका लागि हम्मे–हम्मे पर्यो। उनले प्रतिपक्षी दलका सांसदलाई त सम्हाल्नुपरेको थियो नै सत्ता पक्षका सांसदलाईसमेत सम्हालिन आग्रह गर्नुपर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार विहान कक्षा ११ को परीक्षामा भएको लापरवाहीको विषयमा समाचार लेख्यो। सर्लाहीको बरहथवा नगरपालिका–११ स्थिति एक विद्यालयले सञ्चालन गरेको कक्षा ११ को परीक्षामा शिक्षकले नै विद्यार्थीलाई प्रश्नपत्रको उत्तर लेखाउने गरेको भेटियो।
पूरा समाचारः ११ को परीक्षाको हालतः विद्यार्थीको हातहातमा मोबाइल, शिक्षकले नै विद्यार्थीलाई लेखाए चिट

दिउँसो उकेराले संसद बैठकमा चर्काचर्की परेको र सभामुलाई चलाउन हम्मे–हम्मे परेको समाचार छाप्यो। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा उठेका प्रश्नको जवाफपछि स्पष्टीकरण दिने क्रममा एमाले सांसद् सूर्य थापाले उठेर विरोध जनाएपछि सुरु भएको चर्काचर्की स्वतन्त्र सांसद् अमरेश कुमार सिंहसम्म पुगेर टुंगियो।
पूरा समाचारः प्रतिनिधि सभा बैठकमा फेरि हंगामा, सभामुखलाई सदन चलाउनै हम्मे–हम्मे

त्यसैगरी उकेराले दिउँसो नियमित स्तम्भ भुईं मान्छे प्रकाशित गर्यो। उक्त कोलममा ५१ वर्षीय लोपसाङ विश्वकर्माको जीवनका भोगाइहरु समेट्यो। उनका बुवा तिब्बतबाट काठमाडौंमा आएर बसेका थिए। उनका बुवाको काठमाडौं स्थायी ठेगाना राखेर नागरिकता पाए पनि उनले पाएनन।
पूरा समाचारः ५१ वर्षीय लोपसाङः समाजले विश्वकर्मा बनाइदियो, पाँच सय नहुँदा नागरिकता बनेन

त्यसैगरी संसद्मा उठेको मुर्रा राँगोको विषयमा समेत उकेराले समाचार लेख्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट १५ वटा मुर्रा जातको राँगो लिएर आएपछि सामाजिक सञ्जालमा जोकै बन्यो। अब मुर्रा जातको भैँसीको मस्म खान पाइने भयो भनेर उडाए सञ्जालका प्रयोगकर्ताहरूले।
पूरा समाचारः किसानको अपमान गर्दै सञ्जालदेखि संसदसम्म जोक बन्यो उच्च नश्लको मुर्रा राँगो

राती उकेराले कोभिडका कारण दुःखी भएक देशवासीलाई जापान सरकारले हाँस्न सिकाउन थालेको समाचार प्रकाशित गर्यो। खासगरी युवा पुस्ताले मुस्कुराउन पनि बिर्सेपछि विशेष कक्षामार्फत मानिसहरूलाई निश्चित रकम तिरेर हाँस्न सिकाइँदैछ। तालिममा उनीहरूलाई हलिउड फिल्महरूमा जस्तै मुस्कान निकाल्न सिकाइएको छ।
पूरा समाचारः कोभिडका कारण दुःखी भएका जापानीलाई सिकाइँदै छ हाँस्न

२२ जेठ, २०८०, २१:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।