मैदानमा फर्कन सन्दीपलाई आईसीसीको ‘ग्रिन सिग्नल’, नेपालको कानून बुझ्दै क्यान

मैदानमा फर्कन सन्दीपलाई आईसीसीको ‘ग्रिन सिग्नल’, नेपालको कानून बुझ्दै क्यान

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई क्रिकेटमा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिइसकेको बताएका छन्।

बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले आईसीसीले सन्दीपलाई क्रिकेटमा फर्काउनको लागि अनुमति दिइसकेको बताएका हुन्।

‘नेपालको कानूनले अनुमति दिएको खण्डमा अगाडि बढ्नको लागि आईसीसीले सुझाव दिएको छ,’ उनले भने, ‘तर, नेपालको कानूनले के गरेको भन्ने विषयमा सम्बन्धित निकायको राय माग्दैछौं, त्यसपछि मात्रै निर्णय गर्छौं।’

सन्दीप लामिछानको विषयमा आफूहरू निकै संवेदनशील रहेको बताउँदै चन्दले उनी नेपालको लागि चाहिने खेलाडी भएको बताए। नेपालको विद्यमान कानूनले दिएको अधिकारअनुसार आफूहरू अघि बढ्ने उनको भनाइ छ।

नेपाल टी–२० लिगका कारण क्यान घेराबन्दीमा परेको भन्दै उनले भारतीय कम्पनी सेभेनथ्री स्पोट्ससँग सम्झौता गर्नु नै आफूहरूको भुल भएको स्वीकार गरेको छ। 

१२ माघ, २०७९, १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।