आईपीएलमा आज चेन्नई र बैंग्लुरु भिड्दै, यस्तो छ आँकडा

आईपीएलमा आज चेन्नई र बैंग्लुरु भिड्दै, यस्तो छ आँकडा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्दैछन्।

खेल बेलुकी पौने ८ बजे बैंग्लुरुको चिन्नस्वामी स्टेडियममा हुनेछ।

प्लेअफको अन्तिम चारमा स्थान बनाउनका लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलपछि आईपीएलको क्वालिफायर्स खेल्ने चार टोली पक्का हुनेछन्।

चेन्नई १३ खेलमा १४ अंकसहित तालिकाको चौथो स्थानमा हुँदा बैंग्लुरु १३ खेलमा १२ अंकसहित आठौं स्थानमा छ।

दुवै टोलीले अहिलेसम्म ३२ पटक आमनेसामने हुँदा बैंग्लुरुले मात्र १० खेलमा जितेको छ। चेन्नईले २१ खेल आफ्नो पक्षमा पार्दा एक खेल नतिजाविहीन बनेको थियो।

बैंग्लु्रुको चिन्नास्वामी मैदानमा भएको १० खेलमा चेन्नई ५-४ ले अगाडि छ। यस वर्ष पनि चेन्नईमा यी दुई टोलीबीचको खेलमा चेन्नई ६ विकेटले विजयी भएको थियो।

जेठ ५, २०८१ शनिबार १३:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।