स्वतन्त्र पार्टीको नेता अरनिकोले पहिलो बैठकमै रविलाई सोधेका थिए'तपाई जेल गए पार्टी के हुन्छ?

स्वतन्त्र पार्टीको नेता अरनिकोले पहिलो बैठकमै रविलाई सोधेका थिए'तपाई जेल गए पार्टी के हुन्छ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाण्डेले आफूले पार्टी सभापति रवि लामिछानेसँगको पहिलो बैठकमै 'तपाईँ जेल पर्नुभयो भने पार्टी के हुन्छ?' भनेर प्रश्न सोधेको बताएका छन्। उनले तीन महिना अगाडि नै सो प्रश्न सोधेको बताए। 

एपीवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रममा लामिछानेको नागरिकता र राहदानीको विवादबारे टिकाराम यात्रीले सोधेको प्रश्नमा उनले' पहिलो बैठकमै सो प्रश्न सोधेको र रविमाथि कारबाही भए पनि पार्टीलाई नकारात्मक असर नपर्ने बताएका थिए।

पार्टीको भविष्य एक जना व्यक्तिको आडमा मात्र अगाडि बढ्ने अवस्थामा रहन नहुने  रवि जेल गए पनि पार्टीको भविष्यलाई फरक नपर्ने उनको दाबी थियो।

कार्यक्रममा उनले पार्टी सभापतिको नागरिकता अवैध रहेको र अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी निकालेकोबारे भने प्रस्ट खुलाएनन्।

उनले विदेशी नागरिकता पाएर नेपाल फर्कँदा पुरा गर्नुपर्ने प्रक्रियाबारे आम नागरिकलाई जानकारी नभएको बरु अन्य देशको नागरिक बन्दाको प्रक्रियाबारे भने जानकारी भएको भन्दै रविको विवादबारे भने' उनले कुनै गर्नुपर्ने प्रक्रिया छुट्यो कि।'

उकेराले रविले अमेरिकी नागरिकको कानुनी हैसियत छाड्न नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर त्यसबारे अध्यागमन विभागमा जानकारी गराए पनि कानुनी प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालयमा नागरिकता पूनप्राप्ती सम्बन्धी निवेदन दिएर प्रक्रिया पुरा गरेर खारेज भएको नागरिकता नब्युँताई २०५० सालमै निकालेको नागरिकताको प्रमाण पत्रको प्रयोग गरिरहेको खुलासा गरेको थियो।

यसबारे निर्वाचन कार्यालयमा परेको उजुरी र लामिछानेको प्रस्टीकरण निर्वाचन आयोगमा आइपुगे पनि आयोगले सो विवाद अदालततिर पन्छाउँदै हो या हैन मा प्रवेशै नगरी उजुरीबारे कुनै निर्णय नै गरेन। रविको नागरिकताबारे गृह मन्त्रालयमा उजुरी परे पनि मन्त्रालयले त्यसबारे के गरिरहेको छ खुल्न सकेको छैन। मन्त्रालयका प्रवक्ता र सूचना अधिकारीलाई पटक-पटक फोन गर्दा पनि उठेन।

यही बिचमा उकेराले रविले सन् २०१४ मा अमेरिकी पासपोर्ट निकालेर नेपाल आएर सन् २०१५ मै नेपाली पासपोर्ट समेत निकालेको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उनले सन् २०१८ मा मात्रै अमेरिकी पासपोर्ट र नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको आफैँले स्वीकार गरिसकेका छन्।

अरनिकोले १९ वर्ष अमेरिका बसे पनि ग्रिन कार्ड पनि नलिएको दाबी गर्दै उनले अन्य भिसा लिएर काम गरेर भिसा सकिएपछि नेपाल फर्किएको दाबी गरे।

यी पनि,

१३ मंसिर, २०७९, १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।