रविले प्रमाण पत्र लिँदै भने ' देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ'

रविले प्रमाण पत्र लिँदै भने ' देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ'

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक्लै निर्वाचनमा सहभागी भए पनि सरकारमा जान तालमेल या गठबन्धन गर्न सक्ने बताएका छन्।

नागरिकता विवादमा परेका उनले चितवन क्षेत्र नम्बर २ मा विजयी भएको प्रमाणपत्र लिनेक्रममा देश हितका लागि अन्य राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

आयोगमा उनको नागरिकता अबैध भएको दाबी गर्दै परेको उजुरीमा निर्णय नै नगरी निर्वाचन आयोगले चितवन-२ को मत परिणाम सार्वजनिक गर्दै शुक्रबार उनलाई निर्वाचित भएको प्रमाण पत्र दिएको हो।

उनले चुनावका बेलामा कुनै दलसँग गठबन्धन नगरेको तर भोलि देश हितमा जनहितमा आवश्यक परे अन्य दललाई साथ दिने बताएका हुन्।

उनले आफूलाई निर्वाचित गरेको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै स्वस्तिक छापमार्फत पाएको विश्वासको कदर गर्ने बताएका थिए। उनले चुनावको बेलामा कुनै कमजोरी भएको भए माफी पाउँ भन्दै भोलीका दिनमा सच्चिने दाबी गरे।

९ मंसिर, २०७९, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।