पल शाहको बयान : म रातको अन्दाजी ११:३० बजे पीडितको कोठामा गएको हुँ

पल शाहको बयान : म रातको अन्दाजी  ११:३० बजे पीडितको कोठामा गएको हुँ

काठमाडौँ : नाबालिगको बलात्कारका अभियुक्त पल शाहले मध्यरात मदिरा पिएर नाबालिगको कोठामा गएको स्वीकार गरेका छन्। जिल्ला अदालत नवलपुरमा दायर भएको अभियोग पत्रमा रहेको उनको बयानमा उनले अन्दाजी साढे ११ बजे १०२ नम्बर कोठामा रहेकी नाबालिगको कोठामा गएको स्विकारेका छन्।

कोठामा जानुको कारण डर लागेको छ/छैन भनेर सोध्न गएको उनको दाबी छ।

' म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको अं. ११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो,' उनले बयानमा भनेका छन्।

उनको बयानमा यस्ता धेरै प्रमाणहरू देखिन्छन् जसले उनले करणी नगरेको दाबी पुष्टिमा कमजोर देखिन्छ।

पल शाहको बयान

म १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरी मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु। यसै क्रममा २०७७ साल चैत्र महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव विकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७।१२।४ गते काठमाण्डौबाट नवलपरासीको कावासोती आई लोकेसन हेरी बसेको हो।

अर्को दिन ऐ.५ गते चरीले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात् पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाउँमा अरू केटी मोडलसँग वास बसेकी थिइन।

अर्को दिन ऐ ६ गते सुर्ती माड्दै माड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबै जना चितवन जिल्लाको सौराहा भन्ने ठाउँमा गई बसेको हो।

आफैँ विरुद्ध पल शाहले जुटाइदिए प्रमाण, बलात्कार नगरेको दाबी भन्दा गरेको प्रमाण बलियो

पल शाहविरुद्धको अभियोग पत्र बलियो : अडियो आफ्नै भएको र नाबालिगको कोठामा गएको स्विकार

दुर्गेशको बयान : बार्गेनिङ थाहा छैन, करणी गरेको भए कारबाही हुनुपर्छ भनेको हो

पल विरुद्ध नाबालिगको बयान : मायाको नाटक गरेर यौन शोषण गरे

सरोज ओलीको बयान : पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्

७ गते बिहान सौराहामा तामा पित्तल भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती अं. १२.१५ बजे सुटिङको टिम मध्ये क्यामराम्यान, निर्देशक, म, पीडित गैँडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो।

उक्त समयमा पीडित कोठामा सुतेकी थिइन। सुटीङ्ग युनिट आई पुगे पछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौँ। अर्को दिन ऐ.८ गते छड्के सलाम गीतको सुटीङ्गको लागी सुटीङ्गस्थल जानेक्रममा होटलका साहूले पीडित राती मेरो छोरीसँग सुतेको भनी बताएका थिए।

त्यसपछि हामी नारायणी पुलमा गई सुटीङ्ग गरेका हौँ। सोही दिन अं. रातको १०.३० बजेको समयमा सुटीङ्ग युनिटसहित गैँडाकोट रिसोर्टमा आई बसेको हो। म उक्त रिसोर्टको कोठा नं. १०१ मा बसेको थिए भने पीडित कोठा नं. १०२ मा बसेकी थिइन।

म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले रातको अं. ११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो।

अर्को दिन ९ गते बिहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरी नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटीङ सकेर काठमाडौँ फर्किएको हो।

काठमाडौँ फर्किएपछि म पीडितले भिडियो प्रोमोशनको लागी अन्तर्वार्ता दिने गरेका थियौँ। हामीहरूबिच राम्रै म्यासेजहरू आदान प्रदान भइरहेको थियो। २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकेपछि त्यसको करिब एक दुई महिनापछि पीडितले मलाई फोन गरी तपाईँको र मेरो बारेमा बाहिर स्टुडियोहरूमा कुरा काटीरहेका छन् भनेकी थिइन।

त्यसपछि हामी बिचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो। सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्यवानेश्वरस्थित होटलमा निजहरू तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनी जोड गरेको हुँदा तीन वर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामी बिच मौखिक सहमति भएकोमा पुनः पीडितले मलाई तपाईँको ग्रलफ्रेन्ड वा श्रीमतीको रूपमा चिनाउनु पर्यो भनी बारम्बार म्यासेज गर्न थालेपछी मैले तिमी आफ्नो तरीकाले गर भनी वादविवाद भएको हो।

विवाद भएको केही समय पछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा मिति २०७८/११/१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११/२३ गते उक्त कार्यालयमा ल्याइएको हो।

मिति २०७७ चैत्र ७ गते राती रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो। मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने ब्यहोरा झुटा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडितबिच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामी बिच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो।

सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ । उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरू प्रेमी-प्रेमीकाको उदाहरणसहित स्पष्ट पारेको हो।

निजलाई मैले जबरजस्ती करणी गरेको होइन। सुटीङ्ग सकिएपछि सबै आ-आफ्नो कोठामा जाने क्रममा मेरो र पीडित सुत्ने कोठीसँग भएको कारणले तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि ल राम्रोसँग सुत सुतेको हो।

४ चैत, २०७८, १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।