सरोज ओलीको बयान : पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्

सरोज ओलीको बयान : पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्

काठमाडौँ : पल शाहले नाबालिगलाई बलात्कार गरेको अभियोग पत्रमा राखिएको सरोज ओलीको बयान पल शाह विरुद्ध देखिएको छ।

'पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुँदै हिँडेको र पीडितलाई विभिन्न बहाना बनाई गाली गरेर बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट र समेत गर्दा रहेछन्। पछि पीडितले सहन नसकी आफ्ना साथीहरूलाई उक्त पीडा सुनाएकी रहेछिन्। त्यसपछि हामीहरूले कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनी सल्लाह दिएको हो,' उनको बयानमा उल्लेख छ।


सरोज भन्ने पुण्यप्रसाद ओलीको बयान

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित मेरो कम्पनीले उत्पादन गरेको म्युजिक भिडियो तथा गीतहरूमा अभिनय तथा स्वर दिएका छन्।

यसै क्रममा प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा मिडियाहरूमा हल्ला चलेको थियो। पीडित गायिका डिप्रेसनमा गएको र मर्छु भनी कृष्ण जोशीले मलाई २०७८ सालको अषाढमा बताएका थिए।

केही दिनमा कृष्ण जोशी, सम्राट् चौलागाई, र पीडित अनामनगरको सिलौटो रेस्टुरेन्टमा बसेका रहेछन्। उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरी हामीहरू पीडितसँगै छौँ, दुर्गेश थापालाई लिएर हामी भएको ठाउँमा आउनु, पीडितलाई समस्या परेको रहेछ भनी बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरूलाई भेटी कुराकानी हुँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाण्डौमा १/२ दिनमा हुने सुटिङलाई काठमाडौँ बाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगी हेरचाह र ख्याल गरे जस्तो गरी आफू माथि यौन शोषण गरेको भनी पीडितले बताएकी थिइन।

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुँदै हिँडेको र पीडितलाई विभिन्न बहाना बनाई गाली गरेर बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट र समेत गर्दा रहेछन्। पछि पीडितले सहन नसकी आफ्ना साथीहरूलाई उक्त पीडा सुनाएकी रहेछिन्। त्यसपछि हामीहरूले कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनी सल्लाह दिएको हो।

४ चैत, २०७८, १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।