भरतपुर अस्पतालमा एमआरआइको लक्ड स्पेशिफिकेशन बनाएर ३२ करोडको टेन्डर इष्टवेष्टलाई दिइँदै, मन्त्री-सचिव मौन

भरतपुर अस्पतालमा एमआरआइको लक्ड स्पेशिफिकेशन बनाएर ३२ करोडको टेन्डर इष्टवेष्टलाई दिइँदै, मन्त्री-सचिव मौन

काठमाडौं : भरतपुर अस्पतालले करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिद प्रक्रिया चाहेकै एक निश्चित कम्पनीलाई दिने गरी प्रक्रिया अगाडि बढेको छ।

अस्पतालले पुस १८ गते सोमबार बोलपत्र आह्वान गरेसँगै उकेराले पाएको प्राविधिक स्पेशिफिकेशन लक्ड देखिएको थियो। निश्चित कम्पनीलाई नै खरिदको जिम्मा दिने गरी टेन्डर हुन लागेको खुलेपछि विवाद सुरु भए पनि अस्पतालले प्रक्रिया अगाडि बढायो।

सिमेन्स कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीको मात्र एमआरआई खरिदका लागि प्रस्ताव पेस गरेको छ। सिमेन्सलाई नै एमआरआईको टेन्डर पर्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन तयार गरेपछि अन्य कम्पनीका सप्लायर्सले टेन्डर प्रस्ताव नै गरेनन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले सिमेन्स कम्पनीको नेपाली सप्लायर्स कम्पनी इष्टवेष्ट कन्सर्नको मात्रै बोलपत्र प्रस्ताव परेको पुष्टि गरे।

सिमेन्स (इष्ट वेस्ट कन्सर्न)को मात्रै टेन्डर प्रस्ताव परेको सत्य हो? भन्ने जिज्ञासामा डा. पौडेलले भने,‘हो। हो। इष्ट वेष्टले मात्रै (टेन्डर) हाल्यो।’

तर, अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले भने एक भन्दा बढी सप्लायर्स कम्पनीले खरिद प्रतिस्पर्धामा भाग लिनु उचित हुने बताए।

‘मैले मेसु (डा. पौडेल) लाई र सचिव ज्यूलाई पनि तपाईँहरूले कमसेकम सक्नु हुन्छ धेरै कम्पनीको, नसके पनि  दुई वटाको त कम्पिटिशन होस थोरैमा भनेको थिएँ’ उनले भने।

छलफलका क्रममा पनि पारदर्शी तरिकाले खरिद प्रक्रिया अपनाउन अनुरोध गरेको तर आफूले प्राविधिक विषयमा भने जानकारी नभएको उनले बताए।

‘अव के गर्ने भन्ने विषयमा मन्त्रीयू सचिवज्यूसँग छलफल गर्नु पर्ला,’अस्पतालका अध्यक्ष पौडेलले भने। उनले आफू अध्यक्ष नियुक्ति हुनु पूर्व नै एमआरआईको टेन्डर भइसकेको बताए।

भरतपुरको एमआरआईको हकमा सिमेन्सको सप्लायर्स कम्पनीले मात्रै बोलपत्र प्रस्ताव पेस गरेको हुनाले सिमेन्सबाहेक कोही पनि टेन्डरमा प्रतिस्पर्धी नै छैनन्। त्यसैले स्वतः प्राविधिक र आर्थिक चरणमा सिमेन्स नै छनोट हुने करिब निश्चित छ।

अन्य सप्लायर्स कम्पनीहरूले बोलपत्र आह्वान हुँदादेखि नै सिमेन्स कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी अस्पतालले एमआरआईको प्राविधिक स्पेशिफिकेशन बनाएको भन्दै असहमति जनाउँदै आएका थिए।

अन्ततः पटक पटक संशोधन गरी सिमेन्स कम्पनीकै एमआरआई खरिद गर्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएपछि सिमेन्स बाहेकका सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव पेस नै नगरेको प्रस्ट देखिन्छ।

अन्य कम्पनीका सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव नगरेपछि टेन्डर नै पुनरावलोकन नहुने हो भने अव स्वतः सिमेन्सलाई नै भरतपुर अस्पतालको एमआरआईको टेन्डर पर्ने करिब निश्चित छ। प्रस्ताव पेस पछि अस्पतालले टेन्डर समेत खुलाई सकेको छ। अहिले प्राविधिक मूल्याङ्कनको क्रममा रहेको अस्पतालले जनाएको छ।

प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएपछि आर्थिक मूल्याङ्कन हुन्छ। आर्थिक मूल्याङ्कनमा समेत छनोट भएपछि प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको कम्पनीको टेन्डर स्वीकृत हुन्छ।

सम्बन्धित समाचार

तर, भरतपुरको एमआरआईको हकमा सिमेन्सको सप्लायर्स कम्पनीले मात्रै बोलपत्र प्रस्ताव पेस गरेको हुनाले सिमेन्सबाहेक कोही पनि टेन्डरमा प्रतिस्पर्धी नै छैनन्। त्यसैले स्वतः प्राविधिक र आर्थिक चरणमा सिमेन्स नै छनोट हुने करिब निश्चित छ।

अस्पताल प्रमुखले कमिसनको लोभले सिमेन्सलाई प्राविधिक स्पेशिफिकेशन समेत लक्ड गरेर सिमेन्सलाई नै टेन्डर पार्न खोजेको विषय उकेराले निरन्तर सम्प्रेषण गर्दै आएको छ। तर, अस्पताल प्रमुख डा. पौडेलले भने कमिसनको चक्करमा लागेको विषयलाई भने अस्वीकार गर्दै आएका छन्।

संशोधन दुई पटकसिमेन्सलाई सेटिङ्ग

सप्लायर्स कम्पनीहरूले आ–आफ्नो स्वार्थमा मेसिन खरिदका लागि टेन्डर पार्ने दाउमा खरिदका लागि टेन्डर भएको एमआरआइको प्राविधिक स्पेशिफिकेशन नै दुई पटक संशोधन भएको थियो।

टेन्डर आह्वान भए देखिनै सिमेन्स कम्पनीको एमआरआई मेसिनसँग मिल्ने गरी लक्ड प्राविधिक स्पेशिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएको भन्दै केही सप्लायर्स कम्पनीहरूले टेन्डरका लागि प्रस्ताव नै पेस नगर्ने अस्पताल उकेरालाई जानकारी प्राप्त भएको थियो।

अन्ततः सिमेन्सको नेपाली सप्लायर्स इष्ट वेस्ट कन्सर्नले मात्रै एमआरआई खरिदका लागि टेन्डर प्रस्ताव गरेपछि सिमेन्स कम्पनीकै मेसिनका लागि अस्पतालले प्राविधिक स्पेशिफिकेशन बनाएर खरिद प्रक्रिया अगाडि बढाएको करिब पुष्टि भएको छ।

टेन्डर आह्वानको सूचनामा अस्पतालले माघ ६ गते शुक्रवार (जनवरी २० मा)  ‘प्रि–बिल मिटिङ’ तोकेको थियो। अस्पतालका अनुसार तोकिएकै मितिमा प्रि–बिल बैठक बसेको थियो।

प्रि–बिल बैठकमा मेसिन उत्पादक कम्पनीका नेपालस्थित सप्लायर्सका प्रतिनिधि सहभागी थिए। सप्लायर्स कम्पनीहरूले आफू अनुकूलको प्राविधिक स्पेशिफिकेशन संशोधनका लागि प्रस्ताव नगरेका हैनन्।

सप्लायर्स कम्पनीको अनुरोधपछि खरिद हुने एमआरआईको प्राविधिक स्पेशिफिकेशनमा भएका केही बुँदाहरू अस्पतालले संशोधन समेत गरेको थियो। तर, मूल बुँदा भने झुक्क्याउने किसिमले सिमेन्सकै एमआरआईसँग मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन संशोधन गरेको देखिएको थियो।

तर, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. पौडेलले भने कुनै पनि एउटा निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन नबनाएको दाबी गर्दै आएका छन्।

तर, सिमेन्स कम्पनीको नेपालस्थित सप्लायर्स कम्पनी इष्ट वेस्ट कन्सर्नले मात्रै एमआरआई खरिदका लागि प्रस्ताव पेस गर्नुले सिमेन्सलाई नै मिल्ने गरी अस्पतालले प्राविधिक स्पेशिफिकेशन बनाएको छिप्न सकेन। यस विषयमा स्वास्थ्य मन्त्रालय लगायतका निकायमा उजुरी नपरेको समेत हैन। मन्त्रालय समे मौन देखिएको छ।

यद्यपि स्वास्थ्य मन्त्री पदम गिरिले स्वास्थ्य सचिव डा. रोशन पोख्रेल मार्फत सबै कम्पनीले खरिद प्रतिस्पर्धामा भाग लिन पाउने गरी एमआरआइको प्राविधिक स्पेशिफिकेशन बनाउन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेललाई निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।

तर, डा. पौडेलले भने मन्त्री र सचिव कसैले पनि लिखित वा मौखिक यस्तो निर्देशन नदिएको दाबी गरे।

१५ दिनको समय थपेर फेरी स्पेशिफिकेशन संशोधनका लागि निर्देशन दिएको जानकारी आयो, यो विषय सत्य हो? भन्ने जिज्ञासामा डा. पौडेलले भने,‘हैन हैन। कसैले मागेको पनि छैन। कसैले दिएको पनि छैन। सचिव ज्यूले पनि त्यस्तो कुरो भन्नु भएको छैन।’

यस विषयमा जिज्ञासाका लागि सोमबार साँझ मन्त्री गिरी र सचिव डा. पोख्रेललाई सम्पर्कको प्रयास गर्दा दुवैसँग सम्पर्क हुन सकेन। 

८ फागुन, २०७९, २३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।