अनमोलको छायाँमा छेकिइन् जसिता, हलमा फिल्म चल्नै लाग्दा पनि चर्चा छैन !

अनमोलको छायाँमा छेकिइन् जसिता, हलमा फिल्म चल्नै लाग्दा पनि चर्चा छैन !

काठमाडौं : पहिलो फिल्म ‘लिलीबिली’मा अभिनय गर्दा अभिनेत्री जसिता गुरुङको चर्चा निकै थियो। उनको अन्तवार्ता लिनका लागि पत्रकारदेखि युटुबरसम्म भिड लाग्थ्यो। उनले पत्रकार भनेको युटुबर मात्रै हो बुझेकी थिइन्। तर, पनि पत्रकारहरूले उनीसँगको कुराकानी यदाकदा लेखिरहेका हुन्थे। 

उनको पहिलो फिल्मले बक्स अफिसमा सोचे अनुसारको कमाइ नगरेपछि उनको र प्रदीप खड्काको चर्चा सेलायो। तर, पहिलो फिल्मबाट नै चर्चा बटुलेकी जसिताले अर्कोपटक प्रदीपसँगै ‘लभ स्टेसन’फिल्ममा काम गरिन्। आफ्नो फिल्मले कमाई सोचे अनुसारको गर्न नसके पनि उनको चर्चा भने घटेन। 

पहिलो फिल्मबाट नै नेपाली फिल्म क्षेत्रमा सम्भावना बोकेकी नायिकाको रुपमा चर्चा हुन थालेपछि जसिताको भाउ पनि उस्तै बढेको थियो। उनलाई पत्रकारहरूले भेट्नका लागि निकै कुर्नुपर्ने हुन थाल्यो। त्यसो त उनी आफूले चिनेका युटुबरलाई बाहेक अरुणलाई अन्तवार्ता दिइहाल्ने मुडमा हुन्न थिइन्। 

करियरको सुरुवाती चरणमा चर्चाको पात्र बनेकी जसिताको यसपटक भने खासै चर्चा छैन। उनी अभिनित फिल्म ‘फर्की फर्की’ १० गतेबाट हलमा लाग्दैछ। तर, उनको चर्चा भने केही मिडियाबाहेक कतै छैन। बरु यस फिल्ममा अभिनेता अनमोल केसीको चर्चा चुलिएको छ। अझ भनौं, उनी प्रदीप खड्कासँग अभिनय गर्दाको जस्तो चर्चा अनमोलसँग हुँदा हुन सकेन। 

रोचक कुरा के छ भने, अभिनेता प्रदीपसँग उनको सम्बन्ध चिसिएको लामै समय भयो। अहिले पनि उनीहरूबीच खासै बोलचाल छैन। उनीहरुको सम्बन्ध चिसिए जस्तै जसिता र प्रदीपको फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन्। 

जसिता अभिनित फिल्म ‘फर्कि फर्की’र प्रदीप अभिनित फिल्म ‘पुजार सार्की’ जेठ १० गते हलमा भिड्दैछन्। पछिल्लो पुस्ताका अभिनेतामा अनमोल र प्रदीपबीच प्रतिस्पर्धा देखिन्छ। उनीहरुको प्रतिस्पर्धामा दुवै तर्फमा अभिनेत्रीहरू गुमनाम बनेका छन्। गुमनाम मात्र होइन, अभिनेत्रीहरू छायाँमै परेका छन्। 

फिल्म ‘पुजार सार्की’मा अञ्जना बराइली र परीक्षा लिम्बूको चर्चा छैन भने यता ‘फर्की फर्की’मा जसिताको। यतिबेला उनीलाई चर्चा पाउन निकै मुस्किल परेको देखिन्छ। अञ्जना बराइलीको कुरा गर्ने हो भने, अन्टसन्ट बोलिरहेकी छन्। जसिताको त त्यो पनि छैन। बरु केही युटुबरलाई अन्तर्वार्ता दिएकी जसिताले चर्चा पाउनै सकेका छैनन्।   

जेठ ७, २०८१ सोमबार १५:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।