वेब सिरिजतर्फ फरक स्वाद पस्कदै निर्देशक उत्तम अधिकारी, ‘मायादेवी’ले फेर्ला त दर्शकको मुड?

वेब सिरिजतर्फ फरक स्वाद पस्कदै निर्देशक उत्तम अधिकारी, ‘मायादेवी’ले फेर्ला त दर्शकको मुड?

काठमाडौं : नेपाली दर्शकहरू टेलिभिजन सिरियलमा रमाइरहेका बेला निर्देशक उत्तम अधिकारीले वेब सिरिज ल्याउने भएका छन्।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेव मन्दिरमा शुभ-मुहूर्त गर्दै नयाँ वेब सिरिज ‘मायादेवी’ को निर्माण घोषणा गरिएको हो।

नेपालमा वेब सिरिजको बजार र चर्चा सिरियलको तुलनामा केही कम भए पनि निर्देशक उत्तम अधिकारी  अब आफ्नो वेब सिरिज ‘मायादेवी’मार्फत  दर्शकको ध्यान तान्ने कोसिसमा छन्।

शुभ–मुहूर्त कार्यक्रममा उनले मायादेवीमार्फत दर्शकमाझ फरक शैलीको वेब सिरिज पस्किने बताए। 

वेब सिरिजमा ‘सत्य र पीडाको एक रङ्ग’ स्लोगन राखिएको छ। यसै स्लोगनअनुसार गम्भीर र यथार्थपरक कथावस्तु आफुले सिरिजमा उठाउन लागेको निर्देशक अधिकारीको भनाई छ। 

‘मायादेवी’ मा स्थापित र नयाँ कलाकारहरूको ठूलो समूह देखिनेछ। यसमा रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, लक्ष्मण चौलागाईं (खिम्ते काका), रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी,अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा,सुमिना थापा मगर र सानुमाया तामाङलगायतकोअभिनय रहनेछ।

सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त लगानीमा बन्न लागेको यो सिरिजको छायांकन जेठको दोस्रो साताबाट सुरु हुनेछ। 

यस सिरिजमा चक्रबहादुर बरालको छायाङ्कन, सन्तोष के. श्रेष्ठको सम्पादन रहने निर्माण पक्षले जानकारी गराएको छ। सिरिजको लेखन भने निर्देशक अधिकारी आफैले गर्दैछन्। 

वैशाख ३०, २०८३ बुधबार १७:०७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।