प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाइयो

प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाइयो

काठमाडौं : प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताए। 

राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ।

वैशाख २९, २०८३ मंगलबार १८:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।