गोरखामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु, चालक घाइते

गोरखामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु, चालक घाइते

गोरखा : गोरखामा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  

गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका–३ का १३ वर्षिय विक्रम बस्यालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो। 

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

वैशाख ३०, २०८३ बुधबार ११:३२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।