आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, का पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, का    पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

काठमाडौं : आज पनि काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ।

जल तथा मौषम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

जसकारण आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरूमा भारी वर्षाको समेत संभावना रहेको छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

२५ बैशाख, २०८१, ०७:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।