आज पनि चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

आज पनि चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ।

त्यस्तै, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।

१४ बैशाख, २०८१, ०७:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।