पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे प्राधिकरण महानिर्देशक अधिकारीलाई अख्तियारको १७ बुँदे पत्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे प्राधिकरण महानिर्देशक अधिकारीलाई अख्तियारको १७ बुँदे पत्र

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताबारे छानबिनमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन  प्राधिकरणसँग कागजपत्र माग्दै १७ बुँदे पत्र पठायो।

अख्तियारले चैत २० गते भित्र जवाफ पठाउन भनेको थियो। सो पत्र अनुसार प्रश्न नम्बर ८, ९, १० र १६ निकै महत्वपूर्ण देखिन्छ। 

अख्तियारले पठाएको १७ बुँदे पत्रको ८ नम्बरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को ब्यवसायीक योजना र उक्त निर्माण कार्यमा चिनिया सरकारबाट लिइएको ऋणको भुक्तान सोही विमानस्थलको राजस्वबाट गर्न नसकिने कारणहरू र हाल सम्म ऋण चुक्ता तथा थप निर्माण कार्यमा प्रयोग भएको आर्थिक श्रोतबारे विस्तृत जानकारी विवरण मागेको थियो।

यसै गरी नवौँ नम्बरमा हालसम्म विभिन्न अन्तर्राष्ट्रिय विमानहरू पोखरा तर्फ डाइभर्ट गर्न गरिएको प्रयासहरूको विवरण मागेको छ।

दशौँ नम्बरमा पोखरा विमानस्थलमा दुई तर्फी वा एक तर्फी रूपमा अवतरण/उडान हुन सक्ने अन्तर्राष्ट्रिय जहाजहरूको प्रकार र हाल व्यवसायीक रूपमा सञ्चालन हुन नसक्नाको कारण तथा सुधारका उपायहरू मागेको छ।

१६ नम्बरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेफ्टी अडिट रिपोर्ट (Safety Audit Reports) र सोमा सुधारको लागि भएको निर्देशन बमोजिम भएको प्रयासहरू समेत मागेको छ।

अख्तियारले चलानी नम्बर ५२०१० पठाएको पत्रमा पोखरा विमानस्थलमा सुरुवातदेखि हालसम्मको सम्पूर्ण विवरण माग गरेको हो।

अख्तियारको पत्रमा के छ ?

१- China CMC Engineering को CEO, तत्कालीन महानिर्देशकहरू  TR Manandhar, Rajan Pokharel, Ratish Chandra Lal Suman, Sanjiv Gautam, योजना प्रमुख Binesh Munakarmi, Chandmala Shrestha को अनधिकारिक पत्राचारको ठेगाना, इमेल ठेगाना, मोबाइल नम्बर साथै परामर्शदाताहरूको CEOs /Team Leader समेतको अनधिकारिक पत्राचारको ठेगाना, इमेल ठेगाना, मोबाइल नम्बर।

२- implementation Agreement को मस्यौदामा तत्कालीन महानिर्देशक र वर्तमान महानिर्देशकबाहेक अन्य पदाधिकारी समेतको राय रहेको भए सोको टिप्पणी र सो संलग्न कागजातहरू।

३- Updated BOQ तयार गरी स्वीकृत भएको टिप्पणी फायल र सो मन्त्रालयस्तरबाट समेत स्वीकृत भएको भए टिप्पणी र सो संलग्न कागजातहरू।

४- China CMC Engineering ले विमानस्थल निर्माणको ठेक्का प्राप्त गर्नु पूर्व संलग्न रहेका विभिन्न चरणहरूबारे विवरण|

५- Detailed Design Reports भए सो को प्रतिलिपि र Detailed Designed Drawing स्वीकृत गर्ने पदाधिकारीको Details र अख्तियारी दिएको भए सोको निर्णय तथा पत्र।

६-China CMC Engineering को निर्माण कार्य सम्पन्न हुने र DLP को अन्तिम मिति साथै निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी भए सोको कारण सहितको रकमको अवस्था विवरण।

७- पोखरा विमानस्थलको बोलपत्रको कागजात तयार गर्ने ठेक्का सम्झौता तयार गर्ने, चेक गर्ने र स्वीकृत गर्ने पदाधिकारीहरूको नाम, ठेगाना, इमेल, मोबाइल नम्बरका साथै बोलपत्र प्रयोजनको लागि जारी गरिएको Bidding Document को प्रमाणित प्रतिलिपि।

८.Pokhara International Airport को Business Plan र उक्त निर्माण कार्यमा चिनियाँ सरकारबाट लिइएको ऋणको भुक्तान सोही विमानस्थलको राजस्वबाट गर्न नसकिने कारणहरू र हालसम्म ऋण चुक्ता तथा थप निर्माण कार्यमा प्रयोग भएको आर्थिक श्रोतबारे विस्तृत जानकारी विवरण।

९- हालसम्म विभिन्न अन्तर्राष्ट्रिय विमानहरू पोखरातर्फ Divert गर्न गरिएको प्रयासहरूको विवरण|

१०- पोखरा विमानस्थलमा दुईतर्फी वा एकतर्फी रूपमा अवतरण/उडान हुन सक्ने अन्तर्राष्ट्रिय जहाजहरूको प्रकार र हाल व्यवसायीक रूपमा सञ्चालन हुन नसक्नाको कारण तथा सुधारका उपायहरू।

११- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको Present Runway को level तय गर्न लिइएका विकल्प तथा विश्लेषण सहितका आधारहरू, साथै पुरानो पोखरा विमानस्थल समेत सञ्चालनमा राख्न पर्ने कारण|

१२- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग भए/नभएका सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ का प्रावधानहरू र हुन नसकेको भए सोको कारण।

१३- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा 15 January 2023 मा दुर्घटना भएको Yeti Airline को छानबिन समितिको प्रमाणित प्रतिवेदन|

१५- रिट्टेपानी डाँडामा माटो कटिङ लगायत कार्य गर्न भएको सम्झौता, अन्तिम बिल नापी किताब, भुक्तानी विल भौचरको प्रमाणित प्रतिलिपि तथा सोमा संलग्न कर्मचारी तथा निर्माण व्यवसायीको ठेगाना, इमेल, मोबाइल नम्बर।

१६- पोखरा विमानस्थल निर्माण कार्य, भुक्तानी वा स्वीकृति दिने कार्यको लागि जिम्मेवारीहरू तोकी दिइएका विभिन्न कर्मचारी पदाधिकारीको कार्य विवरण र दिइएको पत्रहरूको प्रमाणित प्रतिलिपि।

१६- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको Safety Audit Reports र सोमा सुधारको लागि भएको निर्देशन बमोजिम भएको प्रयासहरू।

१७- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको महालेखा परीक्षणबाट औँल्याइएका वेरुजुहरुमध्ये सम्परीक्षण हुन नसकेका बेरुजुहरूको विवरण र सोमा प्राधिकरणको प्रतिक्रियाको प्रमाणित प्रतिलिपि।

सम्बन्धित समाचार

२८ चैत, २०८०, १७:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।