धनुषा प्रहरीमा कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता, दोहोरो नागरिकताको दावी

धनुषा प्रहरीमा कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता, दोहोरो नागरिकताको दावी

काठमाडौं : कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध दोहोरो नागरिकताबारे जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो।

उनको नाममा जारी भएको नागरिकता नम्बर अर्को व्यक्तिको नाममा जारी भएको, विभिन्न निकायमा सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा दावी गरिएको छ। जाहेरीमा नागरिकता किर्ते गरेको समेत दाबी गरिएको छ।

धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको जाहेरी आएको र सो जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उकेरालाई बताए।

२०३६ भदौ २० मा जनकपुर उप-महानगरपालिका वडा नम्बर २ ठेगानामा जारी भएको शिवजी साहु तेलीको नागरिकता नम्बर र २०३३/०३४ को रेकर्ड अनुसार भन्दै २०५७ असोज २८ को निर्णयबाट जारी सिरोहियाको नागरिकताको नम्बर एकै छ।

अन्यत्र भने सिरोहियाको नागरिकता नम्बर फरक छ। एक ठाउँमा पहिलो नम्बर २८ उल्लेख छ भने नागरिकतामा ३८ उल्लेख रहेको जाहेरीमा दावी गरिएको छ। उकेरालाई प्राप्त कागजातमा पनि उस्तै देखिन्छ।​​​​​​

१७ बैशाख, २०८१, ११:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।