यी स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : आज पनि देशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, देशभरका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

१८ चैत, २०८०, ०७:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।