कहिलेदेखि खुल्छ मौसम?

कहिलेदेखि खुल्छ मौसम?

काठमाडौं : बिहीबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि गण्डकी, बागमती र कोशी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ। शनिबार पश्चिमी वायुले देशभर नै पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान छ।

आइतबारदेखि मौसममा केही सुधार भए पनि केही पहाडी भेगमा अझै वर्षा हुने देखिन्छ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

१५ चैत, २०८०, १७:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।