ललितपुरमा ३४ वर्षीय युवती खाटमा सुतिरहेको अवस्थामा मृत भेटिइन्

ललितपुरमा ३४ वर्षीय युवती खाटमा सुतिरहेको अवस्थामा मृत भेटिइन्

काठमाडौं : ललितपुरको महालक्ष्मीस्थानमा एक युवती मृत फेला परेकी छिन्।

पाँचथरको फाल्गुनन्द नगरपालिका-३ घर भएकी अन्जु लिम्बूको कोठाभित्र शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले बताए।

३४ वर्षीया अन्जु आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन्।

एसपी सुवेदीका अनुसार कोठामा बत्ती बलिरहेको तर मान्छे भएको कुनै संकेत नभएपछि घरबेटीले ढोका खोलेर हेरेका थिए।

डेरामा मदिराको बोतल पनि फेला परेको छ।

एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्ने उनी शुक्रबारदेखि काममा गएकी थिइनन्। केही दिन अघि नै मृत्यु भएको जस्तो देखिएको एसपी सुवेदीले बताए।

पोस्टमार्टमका लागि शव पाटन अस्पताल पठाइएको उनले बताए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१४ चैत, २०८०, २२:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।