आँखाको शल्यक्रियापछि दङ्ग मेनुका, अब चस्मा लगाउनु नपर्ने

आँखाको शल्यक्रियापछि दङ्ग मेनुका, अब चस्मा लगाउनु नपर्ने

काठमाडौं : गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया भएको छ। 

तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले मेनुकाको अकुप्लाष्टिक शल्यक्रिया गरेको हो। 

अस्पताल स्रोतका अनुसार उनको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ। जुन दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै राखिन्छ। यसको मतलब, शल्यक्रिया पछि पनि मेनुकाको दृष्टि भने फर्किने सम्भावना निकै कम छ। 

यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ। प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउनुपर्ने छैन।

यता, शल्यक्रियापछि आफू खुसी भएको मेनुकाले खुसी साटिन्। 

'मलाई सामान्य मानिसजस्तै अनि राम्री देखिन भित्रैदेखि रहर थियो, मैले इन्डियामा रहँदा दुई सहरमा यो प्रविधिबारे बुझेकी थिएँ। नेपालमा उपचार छ कि छैन भनि बुझ्दा, तिलगंगामा हुने रहेछ, लन्डनबाट फर्किएपछि गर्ने कुरा भएको थियो,' मेनुकाले भनिन्। 

शल्यक्रियापछि आफू निकै खुसी रहेको र अब लगत्तै प्रस्तुतिका लागि अमेरिका जान लागेको उनले बताइन्। 

२५ बैशाख, २०८१, १७:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।