संसदमा कमजोर भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले सांसदहरूलाई प्रशिक्षण दिने

संसदमा कमजोर भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले सांसदहरूलाई प्रशिक्षण दिने

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरूलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत् प्रशिक्षण दिने भएको छ। 
संसदको बजेट अधिवेशन सुरू हुनुभन्दा एकदिन अघि २७ गते बिहीबार सांसदहरूलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले ऐन संशोधनका लागि आउने विधेयक र अरू महत्वपूर्ण बिषयमा आफ्नो दलको भूमिका अपेक्षाकृत कमजोर भएको भनेर आएका प्रतिक्रियालाई ध्यानमा राखेर यस्तो प्रशिक्षणको आयोजना गरेको लेखकको भनाई छ।

पार्टीको उच्च पदमा रहेका सांसदको संसदका बैठकहरूमा पातलो उपस्थिति देखिएको, महत्वपूर्ण अवसरमा प्रभावकारी प्रस्तुतिको अभाव रहेको र विषयवस्तुको पर्याप्त जानकारीको कमी देखिएको जस्ता पक्षधरहरुको समीक्षा गरेर सांसदहरुको अनुभव सुन्ने सुनाउने संसदीय दलको उद्देश्य रहेको बताइएको छ।

प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सदस्य छन्। 

२६ बैशाख, २०८१, १९:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।