पुजार सार्कीमा हावी देखिए प्रदीप,ट्रेलर रिलिजमा पनि देखिएनन् पल

पुजार सार्कीमा हावी देखिए प्रदीप,ट्रेलर रिलिजमा पनि देखिएनन् पल

काठमाडौँ : तीन जना अभिनेता लिएर बने पनि पुजार सार्कीमा अभिनेता प्रदीप खड्का हाबी देखिए। मङ्गलवार निर्माण टिमले फिल्मको ट्रेलर जारी गर्यो।

ट्रेलरमा अन्य अभिनेता आर्यन सिग्देल र पल शाहमाथि प्रदीप निकै हाबी देखिए। उनको चरित्र, संवाद दुवै अन्य अभिनेतामाथि हाबी भएको देखिन्छ।

कार्यक्रममा जातीय छुवाछुत अनि अर्को फिल्म फर्की फर्कीसँग जुधेको विषयमा निर्माण टिमले स्पष्टिकरणदिँदै फिल्म जानाजान नजुधाएको तर्क गरेका थिए।

अभिनेता प्रदीपले त एकै मितिमा दुई फिल्म लाग्नु बफे सिस्टमको भोजसँग जोड्दै भने' यो बफे हो, जसलाई जे राम्रो लाग्छ त्यही हेर्नुस्।'

कार्यक्रममा दुई अभिनेत्री अञ्जना बराइली र परिक्षा लिम्बुसँगै आर्यन र प्रदीपसहित निर्देशक दिनेश राउत उपस्थित थिए। तर अर्का अभिनेता पल शाह भने थिएनन्। उनी फिल्म रावणको सुटिङमा काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसकेको दाबी गरियो।

नाबालिग बलात्कारमा जोडिएका पललाई जातीय छुवाछुतविरुद्ध बनेको फिल्ममा अभिनय गराएकोमा समेत प्रश्नहरू उठिरहेका छन् नै।

यो बेलामा उनी उपत्यका बाहिर भएकाले होस् या काठमाडौँभित्रै भएर पनि नआएकाले होस् प्रचारमा निर्माण टिमले सर्वोच्च नाबालिग बलात्कारको मुद्दा ब्युँतिएकालाई किन अभिनय गराएको भन्ने प्रश्नको सामना गर्न परेन।

सार्वजनिक गरिएको ट्रेलर अनि कार्यक्रममा दिइएको जानकारी अनुसार पुजारीले दलित प्रेमिकासँग विवाह गर्न र दमाई बनेका प्रदीपले उच्च जातकी प्रेमिकासँग विवाह गर्न गर्ने संघर्ष नै फिल्मको मुल कथा देखिन्छ।

यसमा जातीय विभेदलाई राजनीतिक स्वार्थमा प्रयोग गर्ने समूहको कथा समेत मिसाइएको देखाइएको। पुजारी बनेका आर्यनबाट जातको आधारमा नभई ब्यक्तीको ज्ञानको आधारमा को ठूलो अनि को सानो हुने भन्ने गहकिलो सन्देश नै ट्रेलरमा समावेश गरिएको छ।

२५ बैशाख, २०८१, २२:३३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।