नाबालिकाको फोटोलाई अश्लील फोटोसँग जोडेर चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिकाको फोटोलाई अश्लील फोटोसँग जोडेर चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं : नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन्। ती शिक्षकले एक नाबालिकाको फोटोलाई अश्लील फोटोसँग जोडेर चरित्र हत्या गरेको आरोप छ। 

ती शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटो डाउनलोड गरेको र त्यस फोटोलाई अश्लील फोटोमा जोडी नक्कली फेसबुक आइडी बनाएको खुलेको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए।

सोमबार पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

२६ बैशाख, २०८१, १७:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।