दिउँसो बागमतीसहित चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो बागमतीसहित चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
सांकेतिक तस्बिर

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसकारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा छिटपुट वर्षा भैरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात समेत भैरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

८ चैत, २०८०, ०७:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।