पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार देशका केही भू-भागमा वर्षा हुने भएको छ। 

मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। 

दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

६ चैत, २०८०, ०७:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।