कोशी र गण्डकीका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहेको छ।

आज देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।

आज राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

४ चैत, २०८०, ०७:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।