विभिन्न स्थानमा ४ जना मृत भेटिए

विभिन्न स्थानमा ४ जना मृत भेटिए

काठमाडौँ : देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार झापाको हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, प्युठानको मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु पोख्रेल ऐरावती गाउँपालिका-६ पातलास्थित हरियाली सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, टीकापुर नगरपालिका-९ स्थित मोहना नदीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ नसि पुरूङस्थित सार्वजनिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

३ चैत, २०८०, १७:२५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।