जसपा नेपाल फुटेपछि एकीकृत समाजवादीमा तरङ्ग : झलनाथको यस्तो स्पष्टीकरण

जसपा नेपाल फुटेपछि एकीकृत समाजवादीमा तरङ्ग : झलनाथको यस्तो स्पष्टीकरण

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएसँगै त्यसको प्रभाव एकीकृत समाजवादीमा पनि परेको चर्चा चल्यो। एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक चलिरहेको बेला पार्टी फुट्ने थियो। 

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी फुटाउने भन्ने चर्चा निराधार भएको बताइएको छ। नेता खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको भन्दै खण्डन गरे। 

बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन्।

‘..यही सिलसिलामा केही दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदैछन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ’, खनालले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्।’  

२६ बैशाख, २०८१, १५:३८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।