उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं : अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ।

जसकारण अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

३ चैत, २०८०, ०७:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।