प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची
काठमाडौं : संघीय संसद्को प्रतिनिधिसभाको चौथो बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।
बुधबारका लागि तय गरिएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गर्ने र जवाफ दिने लगायतका विषय समावेश छन्।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।
सोपश्चात्, सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना संशोधनहरू प्रस्तुत गर्नेछन् र उक्त विषयमा विस्तृत छलफल हुनेछ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहले सदनमै जवाफ दिने कार्यक्रम तय गरिएको छ।
छलफल र जवाफपछि, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
सम्माननीय सभामुखले राष्ट्रपतिबाट संयुक्त बैठकमा सम्बोधन गरिएको उक्त नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरी पारित गराउने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी गरिएको यो कार्यसूचीले सरकारको आगामी वर्षको कार्यदिशालाई अन्तिम रूप दिन आजको बैठक निकै महत्त्वपूर्ण रहने देखाएको छ।
वैशाख ३०, २०८३ बुधबार ०७:४२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।