च्याम्पियन्स लिग : इन्टरलाई पेनाल्टीमा हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा, जान ओब्लाकले रोके दुई गोल

च्याम्पियन्स लिग : इन्टरलाई पेनाल्टीमा हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा, जान ओब्लाकले रोके दुई गोल

काठमाडौं : गत संस्करणको रनरअप इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एट्लेटिको मड्रिड युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा इन्टर मिलानले २ गोलको अग्रता गुमाएपछि अतिरिक्त समयको अन्त्यमा खेल समग्रमा २-२ गोलको बराबरी भयो।

खेलअघि मिलान समग्रमा २ गोलले अगाडि थियो। तर अतिरिक्त समयसम्मको खेलमा एट्लेटिको मड्रिड २-१ ले हुँदा समग्र गोल २-२ हुन पुग्यो।

पेनाल्टीमा पुगेको खेलमा मिलानका एलेक्सिस सान्चेज र डेभी क्लासेनको पेनाल्टी गोल हुनबाट रोकेपछि एट्लेटिकोका गोलकिपर जान ओब्लाक नायक बने। पेनाल्टीमा मड्रिडले ३-२ गोलअन्तरले खेल जित्यो।

त्यसैगरी हिजै भएको अर्को खेलमा डर्टमन्डले पीएसीमाथि २-० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।

१ चैत, २०८०, ०८:००:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।