एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा नेपालले रजत जित्यो

एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा नेपालले रजत जित्यो

काठमाडौं : नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ।

डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोस्रो भएको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए।

नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६० अंक जोड्दै दोस्रो भएको हो।

नेपाल डाउन रिभरमा चौथो, स्लालममा दोस्रो र हेड टु हेडमा पहिलो भएको थियो।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन्।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेल्गाउँ २ सय ७० अंक साथ पहिलो तथा भारत राइभोला २ सय ४८ अंक साथ तेस्रो स्थानमा रहे।

२६ फागुन, २०८०, २०:२५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।