चौथो टी२० मा वेस्ट इन्डिज ‘ए’ले दियो २१० रनको लक्ष्य

चौथो टी२० मा वेस्ट इन्डिज ‘ए’ले दियो २१० रनको लक्ष्य

काठमाडौं : चौथो टी२० खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन जोड्यो।

उसका लागि एन्ड्रे फ्लेचरले सर्वाधिक ८४ रन जोडे। ५४ बलको सामना गरेका उनले नौ चौका र चार छक्काको मद्दतमा अर्धशतकीय पारी खेले।

त्यसबाहेक जोनसन चार्ल्सले ३० बलमा तीन चौका र छ छक्काको मद्दतमा ५८ रनको अर्को अर्धशतकीय पारी खेले। एलिक अथानाजले पाँच र केसी कार्थीले चार रन जोडे।

फेबियन एलेनले ३३ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जीसीले एक विकेट लिए। ललित राजवंशीले सबैभन्दा बढी ५३ रन खाँदा एक विकेट पनि लिन सफल भएनन्।

पाँच खेलको सिरिज पहिलो खेला नेपालले जिते पनि दोस्रो र तेस्रो खेल भने वेस्ट इन्डिजको टोलीले आफ्नो पोल्टामा पार्यो।

आज खेल जिते वेस्ट इन्डिजको टिमले एक खेल अगावै सिरिज जित्नेछ। आज खेलमा जित्न सके नेपालले २–२ को बराबरी हुनेछ।

सिरिजको अन्तिम खेल शनिबार त्रिवि मैदानमा हुनेछ।

२० बैशाख, २०८१, १३:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।