चौथो टी२० मा नेपालले टस हार्‍यो

चौथो टी२० मा नेपालले टस हार्‍यो

काठमाडौं : वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ।

वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन्।

विश्वकप जाने १५ सदस्यीय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ।

यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो। तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुनेछ।

वेस्ट इन्डिजले भने हिजो जित हासिल गरेको टोलीलाई निरन्तरता दिएको छ।

सिरिजमा हाल वेस्ट इन्डिज २-१ ले अगाडि छ। नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो। उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन्।

हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो। सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए।

नेपाली टोली:
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी 

२० बैशाख, २०८१, १२:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।