विभिन्न स्थानमा ७ जना मृत अवस्थामा भेटिए

विभिन्न स्थानमा ७ जना मृत अवस्थामा भेटिए

काठमाडौं : देशभरका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा सोही नगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मा लामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

धनकुटाको महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस्थित खोल्सीमा भोजपुर अरूण गाउँपालिका-६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङको रंगेली नगरपालिका-२ जुलेबी टोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

प्रहरीका अनुसार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-८ आङपाङस्थित फोक्ते खोलामा सोही नगरपालिका-१० लुम्सा बस्ने ४४ वर्षीय जाङ्बु शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका-१३ ठुलोसिरूबारी बस्ने ८४ वर्षीय जित बहादुर श्रेष्ठ सोही ठाउँस्थित खेतबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यता, गुल्मीको मुसिकोट नगरपालिका-७ ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका-४ फेदी बडिगार्ड खोलाको घाटमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।

कैलालीको भजनी नगरपालिका-८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

२५ फागुन, २०८०, १७:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।