बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हुने

बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौं : कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

११ फागुन, २०८०, ०७:०५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।