कोशी र मधेशसहित पहाडी भू-भागमा वर्षाको सम्भावना

कोशी र मधेशसहित पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

कोशी र मधेश प्रदेशसहित पहाडी भू-भागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

१० फागुन, २०८०, ०७:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।