देशभरको मौसम सफा, यस्तो छ पानी पर्ने सम्भावना

देशभरको मौसम सफा, यस्तो छ पानी पर्ने सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा सोमबार पनि हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मंगलबारसम्म देशभरि पानी पर्ने सम्भावना छैन।

बुधबार भने देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२९ माघ, २०८०, ०७:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।