८७ लाख बराबरको पोटास मलसहित १३ वटा ट्रक प्रहरी नियन्त्रणमा

८७ लाख बराबरको पोटास मलसहित १३ वटा ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौं : ८७ लाख बराबरको पोटास मलसहित १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

एम/एस किसान ट्रेडर्स इन्डिया कम्पनीको पोटास मल १३ वटा ट्रकमा लोड गरी वीरगंजबाट राजबिराज, विराटनगर, बिर्तामोड जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

८७ लाख ३६ हजार रूपैयाँ बराबरको ५ हजार ४६० बोरा पोटास मलको करसम्बन्धी विवरण शंकास्पद देखिएपछि ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

माघ ३ र ४ गते राति साढे ११ बजे १ हजार ६८० बोरा मल बोकेको चार वटा ट्रक र ४ गते नै दिउँसो साढे १ बजे ४२० बोरा मल बोकेको एउटा ट्रकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको थियो।

यस्तै माघ ४ गते राति साढे १ बजे ३ हजार ३६० बोरा पोटास मल बोकेको ८ वटा ट्रकलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो।

५ माघ, २०८०, ०८:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।