गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फालिन्छ : ओली

गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फालिन्छ : ओली
फाइल फोटो

 

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गतिविधिले देश बर्बाद हुँदै गएकाले देश जोगाउनकै लागि भएपनि ०८४ सम्म कुर्न नसकिने बताएका छन्।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे।

ओलीले वर्तमान सरकारलाई 'बुख्याचा'को संज्ञा दिँदै सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए।

उनले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए। मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ।

‘हाम्रो देश अहिले अलि अप्ठ्यारो स्थितिमा छ। सबै क्षेत्रबाट हामीले देशलाई यस अप्ठ्यारो स्थितिबाट जोगाउनु पर्नेछ। हामी मिसन ०८४ मा छौँ। मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ,’ उनले भने, ‘साना–साना अंक जोडेर सबै मिलेर सरकार बनाएका छन्। सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचा जस्तो छ।’

४ माघ, २०८०, १६:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।