भरतपुरको लन्ड्रीमा सालनालसहित भ्रुण भेटियो

भरतपुरको लन्ड्रीमा सालनालसहित भ्रुण भेटियो

काठमाडौं : चितवनको एक लन्ड्रीमा अन्दाजी तीन/चार महिनाको शिशुको भ्रुण फेला परेको छ।

भरतपुर महानगरपालिका-३ स्थित स्मार्ट ड्र्यागन लन्ड्रीमा अस्पतालबाट धुन ल्याइएको कपडाभित्र चार महिनाको शिशु भेटिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

चार महिनाको जस्तो देखिने सालनालसहितको शिशु फेला परेकोमा उक्त स्थानमा वडा प्रहरी कार्यालय नारायणगढबाट २ किलोमिटर दक्षिणमा अवस्थित छ।

उक्त शवलाई मुचुल्कापछि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

१ माघ, २०८०, १३:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।