नुवाकोटमा बाख्राको खोरभित्र उत्तानो अवस्थामा मृत भेटिइन् एकल महिला

नुवाकोटमा बाख्राको खोरभित्र उत्तानो अवस्थामा मृत भेटिइन् एकल महिला

काठमाडौं : नुवाकोको शिवपुरी गाउँपालिका-६ बखती टोलमा एकल महिला मृत भेटिएकी छन्।

घर पछाडिको बाख्राको खोरभित्र उत्तानो अवस्थामा मंगलबार बिहान साढे ७ बजे उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोली पुगेर शव हेर्दा अनुहारमा सामान्य दछारिएको चोट लागेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयको केनाइन शाखाबाट दुई वटा कुकुरसहित प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको थियो।

साँझ ६ बजे शवको मुचुल्का गरि पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं ल्याइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१८ पुस, २०८०, ०९:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।