ड्राइभर ट्वाइलेट जाँदा भीरमा खस्यो नुवाकोट जाँदै गरेको टाटासुमो, छ जना घाइते

ड्राइभर ट्वाइलेट जाँदा भीरमा खस्यो नुवाकोट जाँदै गरेको टाटासुमो, छ जना घाइते

काठमाडौं : काठमाडौंबाट नुवाकोटको समुन्द्रटारका लागि छुटेको टाटा सुमो दुर्घटना भएको छ।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित गुर्जेमा रोकिराखेको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले उकेरालाई जानकारी दिए।

उनका अनुसार गुर्जे प्रहरी चौकी नजिकै रोकेर ट्वाइलेट जाँदा गाडी आफैँ अनियन्त्रित भएर चार सय फिट तल पाखामा खसेको हो।

‘गाडी रोकेर ड्राइभर ट्वाइलेट जाँदा गाडी भीरमा खसेछ। ह्यान्डब्रेक पनि लगाएको रैछन,’ खड्काले भने, ‘११ जना सवार रहेछन्, लोड पनि भएकाले खसेको हुनसक्छ।’

सवारमध्ये ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बाँकी भने ट्वाइलेट जान झरेका थिए।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएकाे छ। सवारी चालकलाई अहिले गुर्जे प्रहरीले नियन्त्रणमा रहेको घटनास्थलमै रहेका खड्काले जानकारी गराए।

घटनाको थप विवरण आउन बाँकी छ।

३ मंसिर, २०८०, ११:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।