भारोत्तोलनमा तीन सय एक किलोग्राम वजन उठाउने विशालको दुर्लभ कीर्तिमान

भारोत्तोलनमा तीन सय एक किलोग्राम वजन उठाउने विशालको दुर्लभ कीर्तिमान

काठमाडौं : चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन्।

हाङजाउस्थित चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा बिहीबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले ३ वटा राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक तीन सय एक किलोग्राम वजन उठाउने अर्को दुर्लभ कीर्तिमान बनाएका हुन्।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मा ३०० केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक तथा नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

विशालले स्न्याचमा एक सय ३३ केजी, क्लिन एन्ड जर्कमा एक सय ६८ केजी र कुलमा तीन सय एक केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। 

नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा पर्सी शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने बताइएको छ। 

१८ असोज, २०८०, १४:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।