एसियाड : प्लेस्टाइन र साउदीलाई पछि पार्दै नेपाली पब्जी टोली अन्तिम आठमा

एसियाड : प्लेस्टाइन र साउदीलाई पछि पार्दै नेपाली पब्जी टोली अन्तिम आठमा

हाङझाउ : चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टोली अन्तिम आठमा पुगेको छ।

समुह ‘सी’काे शुक्रबार भएको खेलमा प्लेस्टाइन र साउदीलाई पछि पार्दै नेपालले अन्तिम आठमा स्थान बनाएको हो।

नेपालबाट सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।

अब चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन्। 

अब नेपालले शनिबार  हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। 

१२ असोज, २०८०, १४:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।