१९ औं एसियाली खेलकुद : पुरुष भलिबलमा जितविहीन बन्दै प्रतियोगिताबाटै बाहिरियो नेपाल

१९ औं एसियाली खेलकुद :  पुरुष भलिबलमा जितविहीन बन्दै प्रतियोगिताबाटै बाहिरियो नेपाल

काठमाडौं :  १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ।

चीनको हाङझाउमा बुधवार दिउँसो भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो।

मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो। आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो।

१९औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेलहरु मंगलबारदेखि नै शुरु भएका छन्।

३ असोज, २०८०, १४:५२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।