उकेरा टप फाइभ : संस्कृत विश्वविद्यालयको प्राध्यापक बढुवामा लफडादेखि धरानमा २४ घण्टे निषेधाज्ञासम्म

उकेरा टप फाइभ : संस्कृत विश्वविद्यालयको प्राध्यापक बढुवामा लफडादेखि धरानमा २४ घण्टे निषेधाज्ञासम्म

काठमाडौं : शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्सा पुगे। समाजवादी मोर्चाको मधेश प्रदेशको संरचनाको घोषणा कार्यक्रमका लागि त्यहाँ पुगेका उनले जनताले राम्रो भन्ने काम गरेर मृत्युवरण गर्न मन भएको बताए। भावनात्मक भाषण गरेका उनने सुशासनका लागि आफूलाई साथ दिन जनतासमक्ष आग्रह गरे।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर पुगे। त्यहाँ उनले कोशी प्रदेशमा एमालेले सरकार बनाउने र मज्जाले चलाउने दाबीसमेत गरे। उनी यतिमा मात्र रोकिएनन्, जम्मा ४० सिट रहेको एमालेको सरकारमा ५० भन्दा बढीले विश्वासको मत दिने तर्कसमेत गरे।

यसैगरी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शुक्रबार बागमती प्रदेश संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे। प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागवण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरे। नुवाकोट र चितवनका पदाधिकारीले पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार बिहान अगस्ट ३० देखि हुने एसिया कपमा भारत र पाकिस्तानजस्तो शक्तिशाली टिमसँग खेल्न पाउनु उपलब्धि कि अवसर भनेर टिप्पणी लेख्यो।
पूरा समाचारः एसिया कपः नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनु उपलब्धि कि अवसर!

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ कान्तिपुर गाथा छाप्यो। जसमा स्तम्भकार किशोर नेपालले कान्तिपुर दैनिक र नयाँ पत्रिकामा आफ्नो एउटै स्तम्भ एकैदिन छापिएको विषयमा आफ्ना भनाइ राखेका छन्।
पूरा समाचारः कान्तिपुर गाथाः विना अर्थ र व्यर्थका विवाद

अपरान्ह उकेराले नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक बढुवामा भएको लफडाको बारेमा समाचार लेख्यो। समाचारमा वैध हुँदाहुँदै पनि विश्वविद्यायले दिनुपर्ने १२ अंक नदिएपछि अर्का प्राध्यापकले विश्वविद्यालयको पुनरावेदन आयोगमा निवेदन दिएको विषय उल्लेख छ।
पूरा समाचारः संस्कृत विश्वविद्यालयको प्राध्यापक बढुवामा लफडा, उपकुलपति भन्छन्- ‘त्रुटी भेटिए निर्णय उल्टिनसक्छ’

साँझ उकेराले नियमित स्तम्भ मध्ययमधार प्रकाशित गर्यो। जसमा हिन्दी वेबसिरिज ‘ताली’को टिप्पणी लेख्यो। ताली फिल्म लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलाई लिएर संघर्ष गरेकी सोही समुदायका व्यक्तिको कथा हो।
पूरा समाचारः मध्यमधारः तेस्रोलिंगीको समस्या यौन सम्बन्ध मात्रै हो त?

यस्तै साँझमै उकेराले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधाज्ञा लगाएको विषयमा समाचार छाप्यो। गोरु काटेको विषयमा हिन्दुवादी संगठनले धरानमा प्रदर्शन गर्ने भनेपछि प्रशासनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्यो।
पूरा समाचारः धरानमा २४ घण्टे निषेधाज्ञा

८ भदौ, २०८०, २२:११:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।