उकेरा टप फाइभ : केन्द्रको सहयोगविना राष्ट्रिय खेलकुद गर्न तम्सेको कर्णालीको कथादेखि दर्शक सम्झँदै गरेका क्यान्सरपीडित नक्कली प्रचण्डको व्यथासम्म

उकेरा टप फाइभ : केन्द्रको सहयोगविना राष्ट्रिय खेलकुद गर्न तम्सेको कर्णालीको कथादेखि दर्शक सम्झँदै गरेका क्यान्सरपीडित नक्कली प्रचण्डको व्यथासम्म

काठमाडौं : मंगलबार मन्त्रिपरिषद् बैठक बस्यो। बैठकले भू–उपयोग नियमावली स्वीकृत गर्दै जग्गा कित्ताकाट खुलाउने निर्णय गर्यो।

यसैदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलधारका मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गरे। सोमबार बैठक बस्ने भनिए पनि गठबन्धनको बैठक बस्नुपरे पछि मंगलबार पुनः सम्पादकहरूलाई बोलाइयो। छलफलमा उनले आफूबाहेक अरुबाट देशको समस्या पार नलाग्ने भन्दै सरकारलाई मज्जैसँग सहयोग गर्न आग्रह गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रतिनिधि सभा विघटन सही भएको दाबी गरे। उनले वामपन्थी आन्दोलन जोगाउनका लागि प्रतिनिधि सभा विघटन एकमात्रै विकल्प भएको दाबीसमेत गर्न भ्याए।

अब लागौं टप फाइभतर्फः
उकेराले बुधबार बिहान १ अर्ब ११ करोडको लागतमा तयार भएको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले विजनेश विहीन भएको समाचार लेख्यो। एक वर्ष पुग्नै लाग्दा पनि सम्मेलन केन्द्र सञ्चालनका लागि हालसम्म पनि कार्यविधि बनेको छैन। त्यसैले सम्मेलन केन्द्रमा पर्याप्त कार्यक्रमहरू हुन सकिरहेका छैनन्।
पूरा समाचारः १ अर्ब बढी लागतमा बनेको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र​ विजनेश विहीन, संचालन खर्च जुटाउन पनि धौ-धौ

यस्तै उकेराले आगामी वर्ष, २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि खेलकुद परिषद र कर्णाली प्रदेश सरकार जुटिरहेको समाचार लेख्यो। समाचारमा केन्द्र सरकार र आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप)को बेवास्ताका कारण खेलकुद प्रतियोगिता गर्न चुनौती देखिएको विषय समेटिएको छ।
पूरा समाचारः बजेट र पूर्वाधारमा छैन केन्द्रको सहयोग, तर दशौं राष्ट्रिय खेलकुद गर्न तम्सिएको छ कर्णाली

त्यसैगरी उकेराले दिउँसो नक्कली प्रचण्ड भनेर चिनिएका कलाकार घनश्याम गौतम   क्यासरको उपचार गराइरहेको समाचार लेख्यो। समाचारमा उनले अस्पतालको बेडबाटै गाइजात्रा मिस गरिरहेका बताएको विषय समेटिएको छ।
पूरा समाचारः नक्कली प्रचण्ड बन्ने सक्कली घनश्याम क्यान्सरसँग जुध्दै, अस्पतालको बेडबाट सम्झँदैछन् दर्शक

उकेराले मंगलबार आफ्नो नियमित स्तम्भ चौथो अंगमा नेपाली मिडियाबारे स्तम्भकार झलक सुवेदीको धारणा छाप्यो। समाचारमा पुँजीवादमा मिडिया स्वतन्त्र हुँदैनन् भन्ने धारणा स्तम्भकारले राखेका छन्।
पूरा समाचारः चौथो अंगः पुँजीवादमा मिडिया स्वतन्त्र हुँदैनन्, ‘मोरल्ली डाउन’ हुन्छन् सम्पादक

राति उकेराले नेपाल आयल निगमले इन्धनको मूल्य बढाएकोबारे समाचार लेख्यो। समाचारमा पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य १४ रुपैयाँ बढाएको उल्लेख छ।
पूरा समाचारः कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५१ प्रतिशत ग्रेडेड

३० साउन, २०८०, २२:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।