बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १४ रूपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

भारतबाट पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टीतेलमा ११ रुपैयाँ २५ पैसा बढेर आएको हो।

नयाँ तोकिएको मूल्य मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

मूल्यवृद्धि सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रूपैयाँ थियो।

३० साउन, २०८०, २१:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।