टप फाइभ : पैसा र स्क्रिप्ट बोकेर भौतारिँदै पल शाह, स्कटल्यान्डसँग हार्‍यो नेपाल

टप फाइभ : पैसा र स्क्रिप्ट बोकेर भौतारिँदै पल शाह, स्कटल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौं : बिहीबार संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रह्यो। जसमा सांसद्हरुले आ–आफ्ना सुझाव दिए। उनीहरुले पछिल्लो समय चर्चामा रहेको नागरिकता विधेयकको बारेमा समेत आ–आफ्नो धारणा राखे। कसैले नागरिकता विधेयक ठिक भए पनि प्रक्रिया गलत भयो भने त कतिपयले विधेयक ल्याउनु नै गलत भएको तर्क गरे।

बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले बुटवलमा रहेको लुम्बिनी केबलकारको उद्घाटन गरे। त्यसपछि एकीकृत समाजवादीका नेता घनश्याम भुसाललाई समवेदन प्रकट गर्न गए। भुसाल अहिले पितृशोकमा छन्।

एमालेले पनि बिहीबार केन्द्रीय सदस्यहरुको शपथग्रहण गरायो। उनीहरुलाई शपथ ग्रहण गराउने क्रममा केपी शर्मा ओलीले एमालेमाथि आक्रमण भइरहेको बताए। उनी यतिमा मात्र रोकिएनन्, त्यस्तो आक्रमण सहेर नबस्ने भन्दै प्रधानमन्त्री प्रचण्डले संरक्षण गरेको गुन्डालालाई दनक दिनेसमेत चेतावनी दिए।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार विहान बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको लुम्बिनी केबलकारको उद्घाटअघि नै आलोचना सुरु भएको समाचार लेख्यो। जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यस केवलकारले महँगो टिकट र अनियमित विद्युतका कारण बीचमै अड्किने समस्या भएपछि सर्वसाधारणले आलोचना गरेका हुन्।
पूरा समाचारः उद्घाटन अघि नै लुम्बिनी केवलकारले खेपेको आलोचनाः महँगो टिकट, बीचमै अड्किने समस्या

त्यसपछि उकेराले पल शाहले फिल्म बनाउन निर्देशक नपाएको समाचार छाप्यो। समाचारमा फिल्मका लागि कसैले प्रस्ताव नगरेपछि शाह आफैँ फिल्म निर्माण गर्ने तयारीमा रहेको उल्लेख छ। तर उनले निर्देशक भने पाएका छैनन्।
पूरा समाचारः पललाई पत्याएनन् फिल्म मेकरले, पैसा र स्कृप्ट बोकेर हिंड्दा पनि भेटेनन् एउटै निर्देशक

दिउँसो नै उकेराले मिस नेपाल २०२३ श्रीइच्छा प्रधानसँगको अन्तर्वार्ता प्रकाशित गर्यो। अन्तर्वार्तामा उनले मिस नेपाल कुनै वस्तु नभएको बताइन्। मिस नेपाललाई व्यापारको प्रायोजनको रुपमा मात्र लिन नहुने उनको धारणा छ।
पूरा अन्तर्वार्ताः ‘मिस नेपाल महिला सशक्तिकरणको मञ्च हो, हामी ‘वस्तु’ हैनौ’

यस्तै बिहीबार प्रदेश सभाबाट बहुमतले पारित भएको कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले प्रतिपक्षलाई मात्रै होइन सत्ता पक्षलाई पनि सन्तुष्ट बनाउन सकेको छैन। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सत्ताधारी दलका सांसदहरुले नै नीति तथा कार्यक्रमले प्रदेश सरकारमाथि नै प्रश्न उठ्ने बताए।
पूरा समाचारः सत्तापक्ष नै असन्तुष्ट बनाउने कर्णालीको नीति तथा कार्यक्रम, प्रदेश सरकारमाथि नै प्रश्न उठ्यो

बिहीबार नै उकेराले जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटअघिको भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको समाचार लेख्यो। १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ।
पूरा समाचारः अभ्यास खेलमा स्कटल्यान्डसँग हार्यो नेपाल

२५ जेठ, २०८०, २२:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।